नेकपामा तीब्र मतभेदका कारण प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म राजिनामा दिने

काठमाडौ । पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले...

काठमाडौ । पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदमा सुविधाजनक पूर्ण बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परेसँगै राजिनामा दिने निष्कर्षमा पुगेको स्रोतको दावी छ ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन सिफारिस गर्ने सचिवालयको निर्णय कार्यान्वयन अस्वीकार गरेसँगै ओली वर्तमान ओली सरकार संकटमा परेको हो । पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै उनकै दलका शिर्षनेताहरू उनी विरुद्धको गठबन्धनमा गएपछि ओली संकटमा देखिएका थिए ।

संकटकालिन अवस्थाको घोषणा वा संसद विघटनको विकल्प भएपनि प्रधानमन्त्री ओलीले उक्त कदम अलोकप्रिय र अनुचित हुने ठहर गर्दै राजिनामाको निष्कर्षमा पुगेको बताइन्छ ।

पार्टीभित्रबाट अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र नेता पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पार्टीकै नेताहरूको संलग्नतामा नियोजित रूपमा फसाएर आफूसँग बदला लिएको भन्दै निकटवर्तीहरूसँग दुखेको पोख्ने गरेका छन् ।

खुमलटारको पछिल्लो घटनाक्रम सँगै प्रधानमन्त्री ओलीले आफ्ना निकटवर्तीहरूसँग परामर्श गरिरहेको र आफूसँग राजिनामाको विकल्प मात्रै रहेको भन्दै त्यो भन्दा उपयुक्त कुनै विकल्प भए सुझाउन समेत भनेको स्रोतले दावी गर्‍यो ।

यो सँगै निकट भविष्यमै बन्ने सरकारको खाका समेत सार्वजनिक भै सकेको छ । अब बन्ने नयाँ सरकारको नेतृत्व पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने छन् भने राष्ट्रपतिमा झलनाथ खनालको नाम चर्चामा छ । प्रचण्ड एकल पार्टी अध्यक्ष बन्ने छन् भने अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्ने छन् ।

अहिलेको राजनीतिक वातावरण वा नेकपाभित्रको समीकरणमा कुनै फेरबदल आएन भने आगामी मंगलबारसम्म प्रधानमन्त्री ओलीको राजिनामा लगभग तय भएको स्रोतको दावी छ । त्यो सँगै स्थिर भनिएको वर्तमान ओली नेतृत्वको सरकारको नियति पनि यसअघिका सरकार जस्तै देखिएको छ ।

COMMENTS

Name

अर्थतन्त्र,4,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,26,राशिफल,3,विज्ञान र प्रविधि,5,विज्ञान/प्रविधि,4,शिक्षा,2,समाचार,35,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
|| Nayarambha ||: नेकपामा तीब्र मतभेदका कारण प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म राजिनामा दिने
नेकपामा तीब्र मतभेदका कारण प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म राजिनामा दिने
https://1.bp.blogspot.com/-KHdEVam3lL8/XllAX8K0JmI/AAAAAAAAAiI/BaZfL747kZ4T82nVLME_xD94yRTlRIZQACLcBGAsYHQ/s640/Screenshot_20200228_173049.jpg
https://1.bp.blogspot.com/-KHdEVam3lL8/XllAX8K0JmI/AAAAAAAAAiI/BaZfL747kZ4T82nVLME_xD94yRTlRIZQACLcBGAsYHQ/s72-c/Screenshot_20200228_173049.jpg
|| Nayarambha ||
https://www.nayarambha.com/2020/02/blog-post_28.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2020/02/blog-post_28.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy