काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले छड्के अनुगमन गरेका छन्। बिहीबार दिउँसो एक्क...
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले छड्के अनुगमन गरेका छन्।
बिहीबार दिउँसो एक्कासी विमानस्थल पुगेका आइजीपी खनालले विमानस्थलको सुरक्षाका बारेमा जानकारी लिएका हुन्।
दिनदिनै विमानस्थलबाट स्वदेशी तथा विदेशी नागरिकले सुन तथा अवैध सामान तस्करीको समाचार आइरहेका बेला सोबारे बुझ्न आइजीपी खनालले अकस्मात विमानस्थलको निरीक्षण गरेका हुन्।
अनुगमनको क्रममा आइजीपी खनालले विमानस्थलमा सुरक्षा व्यवस्था सुदृढ र सुव्यवस्थित गर्न निर्देशन दिए। उनले चेकजाँचको क्रममा निर्दोष नागरिकलाई दुख नदिन पनि आग्रह गरे।


COMMENTS