४ भदौ, काठमाडौं । कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध जाहेरी लिएर प्रहरी कह...
४ भदौ, काठमाडौं । कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगेकी छन् ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन लागेकी हुन् । उनको जाहेरी दर्ता हुन भने बाँकी छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवी लामिछानेलाई चितवन जिल्लाा अदालतले थप ५ दिन थुनामा राख्न अादेश दिएकाे थियाे ।
महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘उहाँहरु आउनु भएको छ । मुद्दा शाखाले हेर्दैछ ।’ पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा रविसहित तीन जना पक्राउ परेका छन् । साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।

COMMENTS