निगमका जहाजले दाङकाे टरिगाउँ विमानस्थलमा दैनिक दुई उडान भर्ने

दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा  नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान  भर्ने भएको छ। यसअघि एउटा जहाजले मात्रै उड...

दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको छ। यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा  बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् ।
एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण सङ्ख्या बढाउन लागिएको छ । ‘यात्रुहरुको चाप निकै हुन थाल्यो, टिकट धेरै माग हुन थाल्यो’, उनले भने, ‘त्यसैले हामीले हवाई उडानलाई थप गर्न लागेका हौँ।’ भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन्।
कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको उक्त विमानस्थल अहिले भने दैनिक दुई वटा उडान हुने भएका हुन् । लामोसमयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित बनाइएको हो । 
 ६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरिगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो। विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको निर्माण व्यवसायीका प्रमुख सुरेश आचार्यले बताए। २०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। गएको वर्ष कात्तिकदेखि उक्त विमानस्थलमा दैनिक सेवा दिन थालिएको हो। रासस

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: निगमका जहाजले दाङकाे टरिगाउँ विमानस्थलमा दैनिक दुई उडान भर्ने
निगमका जहाजले दाङकाे टरिगाउँ विमानस्थलमा दैनिक दुई उडान भर्ने
https://1.bp.blogspot.com/-BLtHFM6MLj0/XUoD3E_swSI/AAAAAAAAAO4/HDJX8FgxXcoIt77wEvG-FbIxnf7t6BbkQCLcBGAs/s400/f3f493ac881b54679a938a89b136eb2c_w1000_h500_cp.jpg
https://1.bp.blogspot.com/-BLtHFM6MLj0/XUoD3E_swSI/AAAAAAAAAO4/HDJX8FgxXcoIt77wEvG-FbIxnf7t6BbkQCLcBGAs/s72-c/f3f493ac881b54679a938a89b136eb2c_w1000_h500_cp.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_85.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_85.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy