काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल दुबई भ्रमणबाट स्वदेश फर्किए र प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका ल...
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल दुबई भ्रमणबाट स्वदेश फर्किए र प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि १८ साउनमा सिंगापुर गए । नेकपाका यी दुई अध्यक्षको सिंगापुर र द्बईको भ्रमण शंकाको घेरामा परेको छ ।
दाहालको दुबई भ्रमणपनि सरकारी होइन । तर उनीहरुको भ्रमण खर्चको ब्यवस्था कसले गरयो ? प्रधानमन्त्री ओली सिंगापुर हिडेको दुई दिनपछि सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको भ्रमण खर्च सरकारले नब्यहोर्ने जानकारी दिए । यतिबेला सवैको चासो र नेकपा नेता कार्यकर्तामा चिन्ता पैदा भएको छ ।
दाहालको दुबई भ्रमणपनि सरकारी होइन । तर उनीहरुको भ्रमण खर्चको ब्यवस्था कसले गरयो ? प्रधानमन्त्री ओली सिंगापुर हिडेको दुई दिनपछि सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको भ्रमण खर्च सरकारले नब्यहोर्ने जानकारी दिए । यतिबेला सवैको चासो र नेकपा नेता कार्यकर्तामा चिन्ता पैदा भएको छ ।
ओलीको भ्रमण खर्च विवादास्पद नेशनल मेडिकल कलेजले दिएको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री ओलीको भ्रमणमा नेशनल मेडिकल कजेलका प्रमुख पनि रहस्यमयरुपमा रुपमा देखिए । ओली सिंगापुर लाग्दा उनको नाम समावेश गरिएको थिएन । तर सिगापुरमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकारसँग तस्विर खिचेर सार्वजनिक गरे ।
ओली प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुनुभन्दा पहिले यति एयरलाइन्सका तत्कालिन मालिक आडछिरिड शेर्पाले ब्यहोर्ने गर्दथे । शेर्पाको निधनपछि ओलीको खर्च माफियाको ओरोप झेल्दै आएको मेडिकल कलेजले ब्यहोर्न थालेको छ ।
अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य समस्यालाई लिएर बिभिन्न देशमा घुमिरहेका छन् । अमेरिकादेखि दुबईसम्मको खर्च कसले ब्यहोर्ने गरेको छ ? उनीहरुसँग पुर्खाैली सम्पति केही पनि छैन । नेकपा दुवै नेता माफियाको रकममा विदेश सयर त गरिरहेका छैनन ? नेकपाभित्र नै चासोको बिषय बनेको छ ।
विहानदेखि साँझसम्मै पार्टी अध्यक्ष, प्रधानमन्त्री र मन्त्रीहरु घेरिने गरेको स्थायी कमिटी सदस्य धनश्याम भूसालले सार्वजनिकरुपमै आरोप लगाएका थिए ।
दैनिकजसो शक्तिशाली नेताहरु माफियाबाट घेरिने गरेका चर्चा नेकपाभित्र चल्न थालेको छ । पछिल्लो समय आरोपहरु प्रमाणित हुँदै गएका छन् ।
COMMENTS