काठमाडौं – राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो । पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका ...
काठमाडौं – राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो । पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘मारुनी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
साम्राज्ञीले पुष्पलाई पाउन गरिएका कथालाई ट्रेलरमा समावेश गरिएको छ । ट्रेलरमा पुष्प खड्का र साम्राज्ञी केन्द्रीय भूमिकामा छन् । यस्तै ट्रेलरमा रेविका गुरुङलाई पनि देखाइएको छ । यो फिल्म आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेका छन् । फिल्ममा पुनप गौतमको लगानी छ भने नवल नेपालको लेखन तथा निर्देशन छ । मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन रहेको छ फिल्म लेखनमा गोविन्द फुयाँलले साथ दिएका छन् ।
[भिडियो]
COMMENTS