यी हुन् यौनशक्ति बढाउने उपाय

google image यौन सम्बन्ध वैवाहिक जीवनमा अति नै महत्वपुर्ण कुरा हो । जब एक पुरुष र महिला नजिकिन थाल्छन्, तव उनीहरुबीच प्रेम हुन्छ र वै...

google image

यौन सम्बन्ध वैवाहिक जीवनमा अति नै महत्वपुर्ण कुरा हो । जब एक पुरुष र महिला नजिकिन थाल्छन्, तव उनीहरुबीच प्रेम हुन्छ र वैवाहिक सम्बन्धमा बाँधिन्छन् ।
विवाह भनेको दुई मनको मात्र हैन, तनको संगम पनि हो । वैवाहिक जीवनमा बाँधिएपछि श्रीमान्-श्रीमती दुबैले एक-अर्कालाई माया, प्रेमसंगै शरीर पनि सुम्पन्छन् । 
 यौन जीवन स्वस्थ र सुखद होस् भन्नाका लागि तपाइर्ंले आफ्नो खानपानमा ध्यान दिनु आवश्यक छ । अझ भनौं सबैलाई थाहा भएको कुरा हो-सुखी दाम्पत्य जीवनको आधार नै सफल सेक्स लाइफ हो । यदि तपाईको यौन जीवन स्वस्थ छैन भने तपाईको वैवाहिक जीवन कमजोर हुन थाल्छ ।
एउटा उखान नै छ नि-‘जस्तो खानुहुन्छ अन्न, त्यस्तै हुन्छ मन’ । तपाई आफ्नो यौन जीवन पुनः सुखद र स्वस्थ होस् भन्ने चाहानु हुन्छ भने यी खानेकुराहरुलाई आफ्नो दैनिक भोजनमा समावेश गर्नु पर्छ ।
google img

केरा : केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ । यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।
खरबुजा : यो फलले तपाईको यौन शक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्रा जस्तै काम गर्छ र यौन इच्छा तिव्र रुपमा बढाउछ । खरबुजामा लाईकोपीन, बीटा केरोटीन  र सीट्रलाइन  जस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छ, जसले रक्तप्रवाहलाई आराम पुर्‍याउन सहयोग गर्छ । खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ ।
हरियो तरकारी : हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइटि्रक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ ।
डार्क चक्लेट : डार्क चक्लेले कामेच्छा बढाउन मद्दत गर्छ । यसमा एल-आर्जिनिन र अमीनो एसिड हुन्छ, जसले यौन चाहानालाई प्राकृतिक तरीकाले बढाउनका सहयोग   गर्छ ।
अण्डा : अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ ।
 केही उपायहरु
तनावमुक्त रहनुहोस्
तनावबाट बच्नका लागि यसलाई मनमा राख्नु भन्दा आफ्नो पार्टनरसँग कुरा गर्नुहोस् । तनावले हाम्रो हृदयगति बढाउँछ, जसका कारण ब्लड प्रेसर पनि बढ्छ । यसको नकारात्मक प्रभाव यौन जीवनमा पनि पर्छ । यसो गर्दा मनको बोझ कम हुनुको साथै पार्टनरसँगको सम्बन्ध पनि बलियो हुन्छ । तनाव कम गर्नका लागि नियमित रुपमा व्यायाम गर्नु आवश्यक छ ।
पर्याप्त निन्द्रा
यौन इच्छा बढाउनका लागि आठ घण्टा सुत्नु आवश्यक हुन्छ । वजन नियन्त्रित राख्नु पर्छ, मोटोपनाले यौन इच्छाम नकारात्मक प्रभाव पार्छ । त्यसैले वजन बढ्न दिनु हुँदैन ।
केही नयाँ गर्नुहोस्
प्रायः दम्पती यौन सम्पर्क गर्दा एकै किसिमको तरिकालाई पछ्याउने गर्छन् । अन्य जीवन शैली जस्तै यौन पनि एउटा रुटीन जस्तो बोरिङ र नीरस हुन्छ । त्यसैले यौनलाई उत्साहित बनाउनका लागि केहि नयाँ गर्नुहोस् । सम्बन्धलाई ताजा बनाउनको लागि नयाँ कुराहरु अति नै आवश्यक हुन्छ ।

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: यी हुन् यौनशक्ति बढाउने उपाय
यी हुन् यौनशक्ति बढाउने उपाय
https://1.bp.blogspot.com/-nfYA6qIAaBU/XUMmXWyt5NI/AAAAAAAAAIs/ckGQBPTizrItpqdQRmDayOpRcoqI7CerACLcBGAs/s400/gettyimages-923498606.jpg
https://1.bp.blogspot.com/-nfYA6qIAaBU/XUMmXWyt5NI/AAAAAAAAAIs/ckGQBPTizrItpqdQRmDayOpRcoqI7CerACLcBGAs/s72-c/gettyimages-923498606.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_64.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_64.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy