नेपाल एयरलाइन्स सुधारमा ल्याउन मन्त्री भट्टराइले लिए एक्सन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ । पर...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न भनिएको छ ।बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन् । कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा सुवाेधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन् ।
व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको र प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरुले गति नलिएपछि ठोस योजनासहित अघि बढ्न लागिएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ ।
कार्यदलाई तोकिएका जिम्मेवारीमा नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने छन् ।
यस्तै, सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्न तथा निगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने भनिएको छ ।

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: नेपाल एयरलाइन्स सुधारमा ल्याउन मन्त्री भट्टराइले लिए एक्सन
नेपाल एयरलाइन्स सुधारमा ल्याउन मन्त्री भट्टराइले लिए एक्सन
https://1.bp.blogspot.com/-FGV_FDhW9dA/XUqWEmcRqJI/AAAAAAAAAPE/RpozTaDwlZMFx5jcDxerniczfKFuo6IcwCLcBGAs/s400/yogesh-bhattarai-1.jpg
https://1.bp.blogspot.com/-FGV_FDhW9dA/XUqWEmcRqJI/AAAAAAAAAPE/RpozTaDwlZMFx5jcDxerniczfKFuo6IcwCLcBGAs/s72-c/yogesh-bhattarai-1.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_43.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_43.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy