काठमाडौ : अन्तरास्ट्रिय गायन प्रतिभाकाे खाेजी गर्ने रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण हिमालय टीभी एचडीमा साउन ३१ गतेबाट ह...
काठमाडौ : अन्तरास्ट्रिय गायन प्रतिभाकाे खाेजी गर्ने रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण हिमालय टीभी एचडीमा साउन ३१ गतेबाट हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ ।
सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्ने छ र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ । झण्डै २२ हजार आबेदकमध्ये छानिएका प्रतिभावान १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् ।
नेपालमा ८ बजेको सुपर टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

COMMENTS