काठमाडौं । विगत केही समयदेखि गुमना भएर बसेका पूर्वयुवराज पारस फेरी विवादमा परेका छन् । पछिल्लो पटक त्रिपुरेश्वरमा ट्राफिक नियम उल्लङ्घन गरे...
काठमाडौं । विगत केही समयदेखि गुमना भएर बसेका पूर्वयुवराज पारस फेरी विवादमा परेका छन् । पछिल्लो पटक त्रिपुरेश्वरमा ट्राफिक नियम उल्लङ्घन गरेपछि विवादमा परेका थिए ।
विमानस्थलको भीआइपी कक्षको सुरक्षामा खटिएका सइलाई उनले धकेलिदिएका थिए । सईलाई धकेलेको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । छोरा र भान्जालाई सईले चेकजाँच गर्न थालेका मात्र थिए, पारसले उनलाई हातपात गरेका गरे ।
छोरा र भान्जालाई प्रहरीले चेक जाँच गर्न थालेपछि पारसले प्रहरीलाई धकेलिदिएका थिए थाईल्याण्ड जान लागेका छोरा र भान्जालाई पठाउन त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
आइतवार छोरा र भान्जसँग पूर्व रानी कोमल शाह थाइल्याण्ड जाँदै थिइन । पूर्वराजा ज्ञानेन्द्र शाह, पारस पत्नी हिमानी र छोरी पूर्णिका केही समयअघि नै थाइल्याण्ड पुगिसकेका छन् । उनीहरुलाई विदाई गर्न विमानस्थल पुगेका पारस फेरी एक पटक विवादमा परेका छन् ।
अभद्र ब्यवहारमा परेका सईले भने कुनैपनि उजुरी गरेका छैनन् । उनी मौन बसेका कारण पारसमाथी कुनै केस दर्ता भएको छैन ।
COMMENTS