पूर्वराजाको सरकारी सुविधा खोस्ने तयारी, प्रचण्डले थाले तिब्र छलफल

काठमाडौं ।   पूर्वराजालाई दिइएको सरकारी सुविधा फिर्ता लिने गरी  प्रमुख सत्तारुढ दल नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले आन्तर...

काठमाडौं । पूर्वराजालाई दिइएको सरकारी सुविधा फिर्ता लिने गरी प्रमुख सत्तारुढ दल नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले आन्तरिक छलफल थालेका छन् ।
पूर्वराजालार्ई पूर्वराष्ट्र प्रमुखको हैसियतमा दिइदै आएको सुविधा खोस्ने गरी अध्यक्ष दाहालले छलफल थालेका छन् । उनले वरिष्ठ नेता नेपाल, खनाल र गौतमसँग छुट्टा छुट्टै कुराकानी गरेको स्रोतले बताएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापाले पूर्वराजाको सरकारी सुविधा खोस्ने गरी छलफल थालेको स्रोतले बताएको छ । 
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर छन् । ओली स्वदेश फर्केलगतै बस्ने नेकपा सचिवालय बैठकको बैठकमा छलफल हुने भएको छ । २८ साउनमा सचिवालय बैठक बस्दैछ ।
पछिल्लो समय पूर्वराजा र राजाबादीहरु सक्रिय रहेको उनीहरुले बताउने गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्रले संविधान र गणतन्त्र विरोधी हर्कत गरेको आरोप नेकपा शीर्ष नेताले लगाउन थालेका छन् । कहाँ र कुन बिषयमा संविधान विरोधी हर्कत पूर्वराजाले गरे ? त्यो भने खुलाएका छैनन् । 
‘पूर्वराजालाई दिइएको नागार्जुनको सरकारी निवास खोस्ने र सुरक्षाकर्मीहरु हटाउने निर्णय हुन सक्छ’, नेकपाका एक नेताले भने त्यति गर्दापनि पूर्वराजा नसच्चिए ठुलो कदम पनि सरकारले चाल्न सक्छ ।’ 
१९ साउनमा रामेछाप पुगेका नेकपा अध्यक्ष दाहालले संविधान र गणतन्त्र बिरोधी काम गरे पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने धम्की दिएका थिए । नेकपा वरिष्ठ नेता नेपालले पनि संविधान र गणतन्त्रबिरोधी हर्कत नगर्न पूर्वराजालाई सार्वजनिकरुपमै चेतावनी दिइसकेका छन् ।
‘पूर्वराष्ट्र प्रमुखका हैसियतमा दिने सहमति तत्कालिन शीर्ष तहमै भएको थियो’, कांग्रेस नेता सिटौलाले भने ‘तत्कालिन सरकारमा सहभागी माओवादी मन्त्रीहरुले मानेका थिएनन् । गिरिजाबाबुले प्रचण्डसँग कुरा गरेपछि सरकारी सुविधा दिने निर्णय भएको हो । अहिले आएर सानो चित्त गर्नु हुँदैन ।’
पूर्व राष्ट्र प्रमुखलाई सरकारी सुविधा दिने ब्यवस्था छ । त्यही ब्यवस्थामा पूर्वराजा र पूर्वराष्टपति रामबरण यादवलाई सरकारी सुविधा दिइदै आएको छ ।

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: पूर्वराजाको सरकारी सुविधा खोस्ने तयारी, प्रचण्डले थाले तिब्र छलफल
पूर्वराजाको सरकारी सुविधा खोस्ने तयारी, प्रचण्डले थाले तिब्र छलफल
https://i2.wp.com/www.yeskathmandu.com/wp-content/uploads/2019/08/222.jpg?resize=1046%2C438
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_21.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_21.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy