एप्पलले आगामी सेप्टेम्बरमा ‘आईफोन ११’ सार्वजनिक गर्ने

एजेन्सी–  आगामी सेप्टेम्बरमा विश्वकै लोकप्रिय कम्पनी एप्पलले आईफोनको नयाँ संस्करण ‘आईफोन ११’  सार्वजनिक गर्ने भएको छ । मिडिया रिपोर्टअनुसार...

एजेन्सी– आगामी सेप्टेम्बरमा विश्वकै लोकप्रिय कम्पनी एप्पलले आईफोनको नयाँ संस्करण ‘आईफोन ११’  सार्वजनिक गर्ने भएको छ । मिडिया रिपोर्टअनुसार एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड तथा नयाँ म्याकबुक प्रो पनि सँगै सार्वजनिक गर्न सक्नेछ ।
new iPhone 11 lunch up comming september
Image Source : google
एप्पलको नयाँ संस्करणको आईप्याडमा १० दशमलब २ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिन हुने छ ।
एप्पलले अहिलेसम्म आईफोन ११ का साथै आईप्याड र म्याकबुकबारे जानकारी सार्वजनिक गरेको छैन । यद्यपि प्रयोगकर्ताहरुका लागि भने आईफोन ११ बहुप्रतिक्षित ग्याजेट बनेको छ ।
एप्पलसँग सम्बन्धित विश्लेषकको भनाइलाई मान्ने हो भने आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट मिल्ने छ । यदि यसो भएको खण्डमा पेन्सिल सपोर्ट गर्ने यो पहिलो आईफोन हुनेछ । यसको सहायतामा प्रयोगकर्ताले सहज रुपमा थुप्रै काम गर्न सक्नेछन् ।
आईफोन ११ मा रहेको टप भेरिएन्टको रुपमा १० मेगापिक्सेलको सेल्फी क्यामरा तथा १४ मेगापिक्सेलको रियर क्यामरा हुने मानिएको छ ।
कम्पनीले यसलाई आईओएस १३ का साथ सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । एप्पलले आईओएस १३ मा थुप्रै एड्भान्स फिचर्स दिएको छ ।
यसमा पहिलो पटक डार्क मोड पनि राखिएको छ । यसको होम स्क्रिनलाई रिडिजाइन गरिएको छ । जसबाट प्रयोगकर्ताले नयाँ इन्टरफेस प्राप्त गर्नेछन् ।
यसका साथै एप्पले सार्वजनकि गर्न लागेको नयाँ आईप्याड भने गत जुनमा भएको एप्पल वल्र्डवाइड डेभलोपर्स कन्फ्रेनस (डब्लुडब्लुडीसी) २०१९ मा प्रदर्शन गरिएको थियो ।

COMMENTS

Name

अर्थतन्त्र,3,खेलकुद,3,फोटोफिचर,11,भिडियो,16,मनोरञ्जन,25,राशिफल,3,विज्ञान र प्रविधि,4,विज्ञान/प्रविधि,3,शिक्षा,2,समाचार,33,संसार,4,स्वास्थ्य/शिक्षा,2,
ltr
item
//Nayarambha// Nepal's Leading Online News Paper: एप्पलले आगामी सेप्टेम्बरमा ‘आईफोन ११’ सार्वजनिक गर्ने
एप्पलले आगामी सेप्टेम्बरमा ‘आईफोन ११’ सार्वजनिक गर्ने
https://1.bp.blogspot.com/-MUvB67OZv4I/XUWPQvGSO2I/AAAAAAAAALA/dPNqNqPaPSseyaddrDe9oUK9NUYzeFT6wCLcBGAs/s400/iphone-11-gold-kaymak.jpg
https://1.bp.blogspot.com/-MUvB67OZv4I/XUWPQvGSO2I/AAAAAAAAALA/dPNqNqPaPSseyaddrDe9oUK9NUYzeFT6wCLcBGAs/s72-c/iphone-11-gold-kaymak.jpg
//Nayarambha// Nepal's Leading Online News Paper
https://www.nayarambha.com/2019/08/blog-post_15.html
https://www.nayarambha.com/
https://www.nayarambha.com/
https://www.nayarambha.com/2019/08/blog-post_15.html
true
1402843266609362466
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy